National life

नेपालमा १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला हुँदै, अर्थमन्त्रीले उद्घाटन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
464Shares
नेपालमा १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला हुँदै, अर्थमन्त्रीले उद्घाटन गर्ने
ncell

काठमाडौँ । शुक्रवारदेखि राजधानीमा १६ एसियाली मुलुकका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला हुने भएको छ।

भोलीदेखि सुरु हुने उक्त एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फरेन्स) मा ती देशका आधिकारिक सरकारी निकाय सहभागी हुने निक्षेप तथा कर्जा सुरक्षण कोषले जनाएको छ । ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औँ वार्षिकोत्सव एवम् एसिक सम्मेलनको एकै पटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Royal Enfield
nic asia capital
सम्मेलन आगामी सोमबारसम्म चल्ने छ ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायले आ–आफ्नो मुलुकको अनुभवसहित यस क्षेत्रका समसामयिक विषयमा सरोकारवाला बिच गहन छलफल हुने कोषले जानकारी दिएको छ ।

यस पटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।‘आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ,’ उनले भने ।

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ । सम्मेलनको छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।

यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?