National life

नेपाली बजारमा भित्रियो आईफोन १५ सिरिज, मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
1.2kShares
नेपाली बजारमा भित्रियो आईफोन १५ सिरिज, मूल्य कति ?
ncell

काठमाडौं । नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ । एक महिनाअघि विश्व बजारमा लञ्च भएको उक्त फोन नेपाली बजारमा शुक्रबारदेखि भित्रिएको बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले जनाएको छ ।

नेपालमा आईफोन १५ को १३ मोडल उपभोक्ताले खरिद गर्न सक्नेछ । जसमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा १२८ जीबीको आईफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। २५६ जीबीको आईफोन १५ को मूल्य एक लाख ७६ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको दुई लाख १४ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

त्यस्तै, आईफोन १५ प्लसमा १२८ जीबीको एक लाख ७६ हजार पाँच सय रूपैयाँ, २५६ जीबीसहितको आईफोन १५ प्लसको एक लाख ९५ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको आईफोन १५ प्लसको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

आईफोन १५ प्रो अन्तर्गत १२८ जीबीको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ, २५६ जीबीको मूल्य दुई लाख १४ हजार पाँच सय रूपैयाँ, ५१२ जीबीको दुई लाख ५३ हजार र एक टीबी क्षमताको आईफोन १५ प्रोको मूल्य दुई लाख ९० हजार पाँच सय रूपैयाँ तोकिएको छ।

आईफोन १५ प्रो म्याक्स पनि तीन वटा स्टोरेज क्षमतामा उपलब्ध हुनेछ। २५६ जीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ। ५१२ जीबीको आईफोन १५ प्रो म्याक्सको बजार मूल्य दुई लाख ७१ हजार पाँच सय रूपैयाँ र एक टीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँसम्म तोकिएको छ।

आईफोन १५ को विभिन्न मोडलमध्ये सबैभन्दा सस्तो १२८ जीबी क्षमताको आईफोन १५ हो । जसको मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। सबैभन्दा महँगो भने एक टीबी क्षमताको आईफोन १५ प्रो म्याक्स हो । जसको बजार मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

जेनेरेसन नेक्स्टका अनुसार आईफोन १५ को कुनै पनि मोडल ग्लोबल आईएमई बैंक, इनभेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकबाट शून्य डाउनपेमेन्टमा खरिद गर्न सकिन्छ। ब्याजदर भने बैंकले तोकेअनुसार हुनेछ ।

आईफोन १५ मा १ वर्षको एप्पपल, एक वर्षको एक्स्टेन्डेण्ड वारेण्टी दिइएको छ । फोनमा एक वर्षको स्क्रिन रिप्लेसमेन्ट सुविधा छ ।

nic asia capital
नयाँ आईफोन किन्दा २० वाटको एड्याप्टर निःशुल्क पाइन्छ ।

यसैगरी १२८ जीबी क्षमताको आईफोन ११ को मूल्य ८९ हजार ९९० रूपैयाँ, १२८ जीबी आईफोन १२ को मूल्य १ लाख ६ हजार ९९० र १२८ जीबी आईफोन १३ को मूल्य १ लाख १९ हजार ९९० रूपैयाँ ताेकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?