काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै एकाउन्न प्रतिशत लगानीमा मर्चेन्ट बैंक संचालन गर्ने भएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा “नेशनल क्यापिटल लिमिटेड” नामक मर्चेन्ट बैंक दर्ता गर्ने अन्तिम तयारीमा रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा भने मङ्सिर २२ गते शुक्रबार नै दर्ता गरिसकेको जनाएको छ।
नेशनल क्यापिटलको अधिकृत पूँजी ३० करोड रुपैयाँ तोकिएको छ भने जारी पूँजी ३० करोड रुपैयाँ रहेको छ ।
हालको चुक्ता पूँजी भने २० करोड रुपैयाँ छ । भविष्यमा प्राथमिक शेयर जारी गर्ने योजना बनाएको छ ।
कम्पनीले आफ्नो लगानी विविधिकरण गर्ने क्रममा मर्चेन्ट बैंकमा लगानी गर्ने भएको हो । पछिल्लो समय बीमा कम्पनीहरुले मर्चेन्ट बैंकमा लगानी गर्ने लहर चलेको छ ।




































