काठमाडौं । प्रभु बैंक लिमिटेड र / Swiss contact / (NAMDP Phase II) बिच सम्झौता भएको छ।
२०८१ जेठ २१ गते सोमबार प्रभु बैंक लिमिटेड र Swiss contact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase II बिच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरीSwisscontact Nepal सहकार्यमा सञ्चालन गरिने ““Growing together : A Sustainable Agriculture initiative for Koshi Province” ”नामक परियोजनाका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षरगरेका छन् ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता-व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ।


































