काठमाडौं । मङ्गलबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रति तोला सात सय रुपैयाँले घट्दा चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य अघिल्लो सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो । त्यस यता सुनको भाउ प्रतितोला ५३ सय रुपैयाँ घटिसकेको छ ।
मङ्गलबार चाँदी प्रति तोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि अघिल्लो सोमबार इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो केही दिनयता सुनचादीँको मूल्यमा निरन्तर रुपमा घटबढ्को प्रक्रिया चलेको छ ।





































