National life
cg eloctronics

फोनपे र भारतको एनआईपीएलद्वारा क्रस बोर्डर क्यूआर भुक्तानी सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
838Shares
फोनपे र भारतको एनआईपीएलद्वारा क्रस बोर्डर क्यूआर भुक्तानी सुरु
muktinatha bikash bank

काठमाडौं । भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड (एनआईपीएल)ले क्रस बोर्डर भुक्तानी सुरु गर्ने भएका छन् ।

ग्लोबल फिनटेक फेस्ट २०२३ मा क्रस बोर्डर भुक्तानी सुरुवात गर्ने समझदारी बनेको फोनपेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्रस बोर्डर भुक्तानीले नेपाल र भारतका नागरिकलाई मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरमा क्युआर कोडमार्फत भुक्तानी गर्न सहज हुने बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

क्रस बोर्डर भुक्तानी सञ्चालनको लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेको फोनपेले बताएको छ । भुक्तानी प्रणाली सञ्चालनको लागि प्राविधिक एकीकरणको काम अन्तिम चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

फोनपे तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले क्रस बोर्डर भुक्तानी व्यवस्थाले दुवै देशको नागरिकलाई सजिलो बनाउने बताए ।

‘नेपाल र भारतबीच वित्तीय सम्पर्क अभिवृद्धिका लागि यो सहकार्य महत्वपूर्ण कदम हो । यसले दुई देश बीचको ब्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने छ’, ढकालले भने ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
838SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?