काठमाडौँ। पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा सञ्चालित माता पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ जेल चलान भएका छन् ।
सहकारी ठगीको आरोपमा प्रकाउ परेका श्रेष्ठ केही सातादेखि प्रहरी नियन्त्रणमा रहेका थिए । जिल्ला अदालत पर्वतमा फागुन १५ गते भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
बचतकर्ताको रकम हिनामिना गरेको जनाउँदै सहकारीका बचतकर्ता अर्जुन कुमार श्रेष्ठलगायतले श्रेष्ठ सहित अन्य २२ जना विरुद्ध मुद्दा दायर गरेका थिए ।
बचतकर्ताले सहकारीमा ११ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् ।
माता पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका २३ जना सञ्चालक अझैसम्म फरार सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।





































