काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको छ। बिहीबार कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम नाफा हो।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले एक अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको थियो। बिक्री आम्दानी घटेपछि चालु वर्ष कम्पनीको खुद नाफा उल्लेख्य रूपमा घटेको कम्पनीले जनाएको छ।
अघिल्लो वर्षको पहिलो त्रैमासमा १९ करोड ८८ लाख रुपैयाँ नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा नाफा घटाएर ९ करोड २ लाख रुपैयाँमा सीमित गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ११ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा र मूल्य–आम्दानी (P/E) अनुपात १११.५२ रहेको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ २ पैसा रहेको थियो।

































