काठमाडौँ। चालु आवको तेस्रो त्रैमाससम्ममा हिमालयन डिस्टिलरीको नाफामा ६३.५१ प्रतिशतले गिरावट आएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको उक्त अवधिमा २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै कम्पनीको नाफा जस्तै खुद बिक्री आम्दानीमा समेत ४१.४४ प्रतिशतले गिरावट आएको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ।
डिस्टिलरीको रिजर्भको आकार ३७.१० प्रतिशतले घटेर ५२ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ९७ करोड र कुल चालु दायित्व ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कर्मचारी खर्च १३ करोड २ लाख,प्रशासनिक तथा अन्य खर्च ५ करोड १ लाख र बिक्री तथा वितरण खर्च ३४ करोड ७८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २८.७७ रुपैयाँबाट घटेर १०.५० रुपैयाँ कायम भएको छ।
साथै कम्पनीको प्रतिसेयर नेटवर्थमा समेत गिरावट आएको छ । १३४.५७ रुपैयाँ रहेको प्रतिसेयर नेटवर्थ घटेर ११९.७७ रुपैयाँ कायम भएको छ ।

































