National life

बीवाईडीले उत्पादन गर्यो '१ करोडौं एनईभी'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ मंसिर २०८१, बुधबार
509Shares
बीवाईडीले उत्पादन गर्यो '१ करोडौं एनईभी'
ncell

काठमाडौं । विश्वकै प्रमुख नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोडौं एनईभी गाडी सियाओमी उत्पादन केन्द्रको शेन्जेन(शानवेई विशेष क्षेत्रमा उत्पादन गरेको छ ।

यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको छ ।

कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे । वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले पहिलो ५० लाख एनईभी उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ ।

१ करोडौं गाडी, डेन्जा जेठनाइन्, गेम साइन्सका संस्थापक एवम् सीईओ तथा चर्चित खेल ‘ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा फेङ जीलाई प्रदान गरियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?