काठमाडौँ । बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा गिरावट देखिएको छ। हाल बैंकिङ्ग प्रणालीमा ६५ खर्ब १७ अर्ब निक्षेप संकलन भएको छ। नेपाल राष्ट्र बैंकको असोज ५ गते शनिवारको तथ्यांक अनुसार उक्त रकम बराबरको निक्षेप संकलन भएको उल्लेख छ ।
असोज ४ गते शुक्रवार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब १९ अर्ब निक्षेप संकलन भएकोमा ५ गते शनिवारसम्म ६५ खर्ब १७ अर्ब निक्षेप संकलन भएको छ । यस तथ्याकंलाई आधार मानेर हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा एक दिनमा २ अर्बको गिरावट आएको छ ।
साथै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा समेत ३ अर्बको गिरावट आएको छ । शुक्रवारसम्म ५७ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले अर्को दिन शनिवार ५७ खर्ब ९० अर्ब निक्षेप संकलन गरेका छन् । बैंकहरुले शुक्रवारसम्म ५२ खर्ब २४ अर्ब कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने स्थिर देखिएको
राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ। त्यसका साथै ,राष्ट्र बैंकको तथ्यांक अनुसार औषत सीडी रेसियो समेत ७८.७८ प्रतिशत कायम भएको छ ।


































