National life

भारतद्वारा ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण, नेपाललाई राहत

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
863Shares
भारतद्वारा ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण, नेपाललाई राहत
ncell

काठमाडौं । भारतले भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्फत प्रतिस्पर्धी दरमा ६५४ मेगावाट विद्युत् आयात गर्न नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले डेअहेड र रियल–टाइम मार्केटबाट चौबिसै घण्टा (२४/७) विद्युत् आयात गर्न नेपाललाई पुनः अनुमति दिएको हो।

यसअघि प्रदान गरिएको अनुमतिको म्याद बुधबार सकिन लागेका बेला नवीकरण गरिएको हो। नवीकृत अनुमतिअनुसार नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत ६०० मेगावाट तथा टनकपुर–महेंद्रनगर प्रसारण लाइनबाट थप ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत् आयात गर्न सक्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आईईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयातको अनुमति नवीकरण भएसँगै सुख्खा मौसममा आन्तरिक उत्पादन घट्ने अवस्थालाई व्यवस्थापन गर्न र विद्युत् आपूर्तिमा स्थायित्व कायम गर्न नेपाललाई सहज हुने अपेक्षा गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
863SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?