National life

भुटानी प्रधानमन्त्रीले उपाध्यक्ष श्रेष्ठलाई सोधे, १६औँ योजना कस्तो बन्दैछ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
615Shares
भुटानी प्रधानमन्त्रीले उपाध्यक्ष श्रेष्ठलाई सोधे, १६औँ योजना कस्तो बन्दैछ ?
ncell

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उपाध्यक्ष श्रेष्ठ र प्रधानमन्त्री तोग्बेको थिम्पुस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको हो ।

Royal Enfield
nic asia capital

भेटवार्ता दुई देशबीचको सम्बन्ध, पर्यटन, उर्जा तथा कृषि क्षेत्रको विकासको लागि आ–आफ्ना अनुभवहरुको आदान–प्रदान गर्दै नेपाल र भुटान बीच सहकार्य गर्ने विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री तोब्गेले नेपालको सोह्रौं योजनाले के–कस्तो विषयलाई जोड दिएको छ भन्ने जिज्ञासा पनि राखेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?