काठमाडौं । जाजकोटको भूकम्पमा परी मृत्यु भएकी बीमित तस्बिरी रानाको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ ।
कम्पनीले एक कार्यक्रमकाबीच भेरी नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष दिपक राना र जाजरकोट शाखा प्रमुख गोबिन्द बुढाले बीमा दावी वापतको एक लाख ६३ हजार रुपैयाँको चेक तस्बिरी रानाको परिवारलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष रानाले बिपत्ति र जोखिमको सामना गर्नको लागि बीमा गर्नुको विकल्प नभएकोले सबैले आफ्नो क्षमता अनुसारको बीमा गर्नुपर्ने बताएका छन् ।
साथै, कम्पनीले भूकम्पमा परी मृत्युु भएका ग्राहकलाई घर–घरमा पुगेर दावी भुक्तानी गरिरहेको र आफ्ना ग्राहकहरुप्रति उत्तरदायी भई समयमै दावी भुक्तानी लगायतका सेवाहरुप्रवाह गरिरहेको जाजरकोट शाखा प्रमुख गोबिन्द बुढाले बताए ।






































