National life

भोजपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
457Shares
भोजपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न
ncell

काठमाडौं। सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाँउपालिका सँगको समन्वयमा बुधबार सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेल गरका थिए भने कार्यक्रमको प्रमुख अतिथि टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेत रहेका थिए । कार्यक्रमको संचालन भने सलिको भोजपुर शाखाका प्रमुख सन्तोष तिवारी गरेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तवय राख्ने क्रममा सलिको इन्स्योरेन्स कम्पनी कोशि प्रदेश प्रमुख नारायण गौतमले कार्यक्रम संचालन गर्नुको उद्धेश्य र कम्पिनिले हालसम्म गरेका गतिविधिहरु बारे प्रकास पारे र आगामि दिनहरुमा सलिको इन्स्योरेन्सको कृषि, पशुपन्छि तथा जडिबुटि बीमाले अधिकतम कृषकहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत ब्यक्त गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सलिको इन्स्योरेन्स कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छि तथा जडिबुटि बीमा गर्ने प्रकृया, बीमालेखका किसिम, बीमालेखमा भएका ब्यवस्थाहरु, बीमाशुल्क, दाबी प्रकृया, बीमालेखले रक्षावरण गर्ने र नगर्ने अवस्थाहरु लगायतका विषयमा जानकारी गराए ।

टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेतले कृषि बीमा आजको आवश्यता रहेको र राज्यले प्रदान गरेको ८० प्रतिशत अनूदानको दायरामा टेम्केमैयुङ गाँउपालिका अधिकतम कृषकहरु समाबेश हुनपर्ने कुरामा जोड दिए । गाँउपालिकाले कृषकहरुको आर्थीक भार कम गर्ने उदेश्यका साथ थप १० प्रतिशत अनूदान समेत प्रदान गर्ने योजनाका साथ काम अगाडी बढिरहेको जानकारी सहभागिहरु समक्ष गराए ।

नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेलले यस्ता बीमा सम्बन्धि सचेतना कार्यक्रम प्राधिकरणले तीव्रताका अनिवार्य रुपमा संचालन गर्दै आएको साथै बीमकहरुले समेत अनिवार्य बेला बेलामा संचालन गनुपर्ने महत्वपुर्ण कार्यक्रम रहेको जानकारी गराए । उनले बीमा सम्बन्धित कुनै पनि सल्लाह, सुझाव, वा गुनासो भए नेपाल बीमा प्राधिकरणमा जानकारी गराउनु हुन समेत सहभागीहरुलाई आग्रह गरे ।

कार्यक्रमा टेम्केमैयुङ गाँउपालिका अध्यक्ष, वडा अध्यक्षहरु, कृषि तथा पशु शाखा प्रमुख, नेपाल बीमा प्राधिकरण, सहकारी, कृषक समुह, तथा कृषकहरु गरी जम्मा ३८ जना सहभागिहरुको उपस्थिती रहेको थियो ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?