National life

सलिकोको व्यवसायमा तीव्र वृद्धि, बीमाशुल्कमा १४०% उछाल

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२७ वैशाख २०८३, आइतबार
1.3kShares
सलिकोको व्यवसायमा तीव्र वृद्धि, बीमाशुल्कमा १४०% उछाल
ncell

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम गत वर्षको सोही अवधिको २५ करोड १९ लाख रुपैयाँको तुलनामा करिब ४७.१३ प्रतिशतले घटेको हो।

नाफा घटे पनि कम्पनीको व्यवसाय विस्तार भने उल्लेखनीय रूपमा बढेको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १४०.९३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। कुल आम्दानी पनि सामान्य रूपमा बढ्दै २ अर्ब ९ करोडबाट २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

यता खर्चतर्फ पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो वर्ष १ अर्ब ७३ करोड रुपैयाँ रहेको कुल खर्च बढेर १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, दाबी भुक्तानी पनि १ अर्ब १४ करोडबाट बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जसले नाफामा दबाब सिर्जना गरेको देखिन्छ।

तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोष २२ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ १८ करोड ८१ लाख रुपैयाँ सञ्चित रहेको छ। वित्तीय सूचकहरू हेर्दा, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३३.६४ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ८९.६३ गुणा कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?