काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक तथा आधारभूत शेयरधनीहरूलाई लक्षित गर्दै सम्पत्ति शुद्धिकरण निवारण (AML/CFT) सम्बन्धी अन्तरक्रिया तथा पुनर्ताजगी कार्यक्रमको सम्पन्न गरेको छ ।
कार्यक्रम पौष २७ गते आइतबार लाजिम्पाटस्थित होटल ¥याडिसनको ढुकुहलमा सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक शेयरधनीहरू तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरू सहित करिब ६० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, सम्पत्ति शुद्धिकरण शाखाका प्रमुख श्री पदम प्रसाद सोडारी श्रोत व्यक्तिका रूपमा सहभागी हुनु भएको थियो।
अन्तरक्रिया सत्रका क्रममा उपस्थित केही संस्थापक शेयरधनीहरूले सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी आ–आफ्ना धारणा तथा जिज्ञासाहरू प्रस्तुत गरेका थिए, जसको श्रोत व्यक्तिद्वारा स्पष्ट जवाफ दिइएको थियो। कम्पनीले यस्ता कार्यक्रमहरूबाट संस्थागत सुशासन सुदृढ हुनुका साथै नियामक निकायका निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
































