National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्स “सलिको” को २९औं वार्षिकोत्सव सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ साउन २०८२, शुक्रबार
984Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्स “सलिको” को २९औं वार्षिकोत्सव सम्पन्न
ncell

काठमाडौं, साउन २ गते। सगरमाथा लुम्बिनी इन्स्योरेन्स "सलिको" कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, गण्डकी, लुम्बिनी र कोशी प्रदेश कार्यालयले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन् भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

२९औं वार्षिकोत्सवको सुखद अवसरमा कम्पनीले आफ्ना समस्त ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) चंकी क्षेत्री, नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षित लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्नो सामाजिक जिम्मेवारीसँगै व्यवसायिक प्रतिबद्धता पनि पूरा गर्दै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
984SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?