National life

भोलीदेखी कैलालीको धनगढीमा 'सुदूरपश्चिम महोत्सव'को आयोजना हुदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
567Shares
भोलीदेखी कैलालीको धनगढीमा 'सुदूरपश्चिम महोत्सव'को आयोजना हुदै
ncell

काठमाडौं । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव शनिबारदेखि हुने भएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुने महोत्सवको उद्घाटन समारोह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने महासचिव ओमबहादुर विष्टले जानकारी दिए ।

३ करोडको खर्च अनुमान गरिएको महोत्सवमा उद्योगी  व्यवसायीको १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको उनले बताए । उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास एवं विस्तारसँगै कला, संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ आयोजना भइरहेको महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधी गरेर पाँच ३१ व्यवसायिक स्टल रहने बताए ।

उद्योग वाणिज्य संघले हरेक वर्षको महोत्सवमा सामाजिक क्षेत्रका लागि टिकट बिक्रि वापत प्राप्त हुने बजेटको हिस्सा छुट्याउने गरेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?