काठमाडौँ। मल्टीपर्पस फाइनान्स लिमिटेडले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा संस्थाको खुद नाफामा ठुलो मात्रामा वृद्धि भएको छ ।
गत वर्षको असार मसान्तसम्ममा फाइनान्सले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३६.११ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ८६.८१ प्रतिशतले बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी पनि २००.१९ प्रतिशतले बढेको छ। चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ६ करोड २९ लाख रुपैयाँ संचित छ ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आएको छ।फाइनान्सको यस्तो आम्दानी बढेर ५ रुपैयाँ ६ पैसा पुगेको छ। नेटवर्थ ११४.५ रुपैयाँ रहेको छ। संस्थाको खराब कर्जा बढेर ४.६० प्रतिशत पुगेको छ ।


































