National life

माउण्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ मंसिर २०८१, मङ्गलबार
627Shares
माउण्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस सेयर कति ?
ncell

काठमाडौँ। माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। मङ्सिर १७ गते साँझ बसेको कम्पनी  सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले पुस २८ गते साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो।  माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत् उत्पादन अनुमति पत्र प्राप्त गरिसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?