National life
cg eloctronics

माघ महिनामा मालपोतहरुबाट ५ अर्ब ९ लाख राजस्व संकलन,५० हजार ८३७ लिखत पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०४ फागुन २०८२, सोमबार
1.7kShares
माघ महिनामा मालपोतहरुबाट ५ अर्ब ९ लाख राजस्व संकलन,५० हजार ८३७ लिखत पारित
muktinatha bikash bank

काठमाडौं । माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् ।  पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो ।

देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विभागका अनुसार माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही बढोत्तरी भएको छ ।

विभागका अनुसार गत माघमा सेवा करबापत रु ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्टे«सन दस्तुर रु दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ संकलन भएको थियो ।

त्यसैगरी पुँजीगत लाभकरबापत रु एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?