National life
cg eloctronics

मोबाइल फोन इम्पोर्टस् एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, पुरानै समितिलाई निरन्तरता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
779Shares
मोबाइल फोन इम्पोर्टस् एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, पुरानै समितिलाई निरन्तरता
muktinatha bikash bank

काठमाडौँ । मोबाइल फोन इम्पोर्टस् एसोसिएसनको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आगामी २ वर्षका लागि दिपककुमार मलहोत्राको अध्यक्षतामा रहेको ९ सदस्यीय अघिल्यै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ।

कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साधारण सभामा समितिका उपाध्यक्ष सञ्जय कुमार अग्रवालले स्वागत मन्तव्य दिएका थिए। भने महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराएका थिए।

त्यस्तै कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अन्त्यमा एशोसियसनका अध्यक्ष मलहोत्राले सभामा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे।

everest bank
यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?