National life

यस साता मूल्यमा रेकर्ड कायम गरेको सुनको कारोबार कुन दिन कतिमा भयो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ भदौ २०८१, शनिबार
585Shares
यस साता मूल्यमा रेकर्ड कायम गरेको सुनको कारोबार कुन दिन कतिमा भयो ?
ncell

काठमाडौँ । नेपाली बजारमा यस साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको बुधवार सुन हालसम्मकै महँगो मूल्यमा कारोबार भएको थियो। उक्त दिन, सुन तोलाकै १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिनको तुलनामा साताको अन्तिम दिनसम्म सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन, आइतबार रेकर्ड राख्दै सुन तोलाको एक लाख ५२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको सोमबार सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा र मङ्गलवार एक लाख ५२ हजार २०० रुपैयाँमा झरेको थियो । तर बुधवार भने पुनः सुनको भाउ उच्चस्तरमा पुग्यो । यद्यपि त्यसयता भने सुनको भाउमा गिरावट देखियो । बिहीबार प्रतितोला एक लाख ५१ हजार ९०० रुपैयाँमा झरेको सुन शुक्रवार एक लाख ५१ हजार ४०० रुपैयाँमा झर्‍यो ।

त्यस्तै यो साता चाँदीको मूल्य सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ८१० रुपैयाँ तोकिएको थियो । सोमबार चाँदी स्थिर रहेर मङ्गलवार र बुधवार बढेर प्रतितोला एक हजार ८३५ रुपैयाँसम्म पुग्यो । त्यसपछि, बिहीबार केही घटेर तोलाको एक हजार ८३० रुपैयाँमा झरेको थियो । यसैगरी, चाँदीको मूल्य शुक्रवार फेरि सस्तिएर प्रतितोला एक हजार ८१५ रुपैयाँ कायम भयो । यसरी साताभरिमा चाँदीको भाउ पाँच रुपैयाँले महँगिएको छ ।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?