National life

यस साता सुनचाँदीको मूल्यमा ऐतिहासिक गिरावट, कारोबारमा उल्लेख्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ मंसिर २०८१, शनिबार
588Shares
यस साता सुनचाँदीको मूल्यमा ऐतिहासिक गिरावट, कारोबारमा उल्लेख्य वृद्धि
ncell

काठमाडौँ । यस साता सुनको मूल्यमा ऐतिहासिक गिरावट आएको छ। यस साता सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँले घटेको छ। यो सुनको भाउको हालसम्मकै उच्च गिरावट हो।

सरकारले सुन आयातमा लगाएको भन्सार दर घटाएसँगै सुनको मूल्यमा भारी गिरावट आएको थियो । अघिल्लो साताको शुक्रवार छापावाला सुनको भाउ प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने यस साताको शुक्रवार सुनको भाउ तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ निरन्तर घट्दो क्रममा रहेकोले नेपालमा सुनको भाउ घट्दै गएको देखिन्छ। यता चाँदीको भाउ पनि प्रतितोला ९५ रुपैयाँले घटेको छ। अघिल्लो साता शुक्रवारसम्ममा १ हजार ९४० रुपैयाँ रहेको चाँदीको भाउ गत शुक्रवार घटेर १ हजार ८४५ रुपैयाँमा झरेको छ।

सरकारले चाँदी आयातमा लाग्ने भन्सार शुल्क समेत १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।सोही कारण चाँदीको भाउ घटेको हो। नेपाली बजारमा सुनको मूल्य घटेसँगै कारोबार दोब्बर बढेको छ ।

भन्सार दरमा आएको गिरावटको कारण सुनको मूल्यमा गिरावट आएसँगै सुनचाँदीको कारोबार गर्नेको सङ्ख्या दोब्बर बढेको हो । बजारमा सुन अभाव देखिएको कारण अपेक्षा अनुरूप कारोबार हुन अझै नसकिएको महासंघको भनाई छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?