National life

राजदूत नियुक्तिका लागि दरखास्त आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
703Shares
राजदूत नियुक्तिका लागि दरखास्त आह्वान
ncell

काठमाडौँ । सरकारले राजदूत नियुक्तिको सिफारिस प्रक्रियालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित पहिलो पटक खुला आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई आगामी जुन ५ भित्र आवेदन पेस गर्न आग्रह गरेको हो।

मन्त्रालयले आवेदन प्रक्रियासँगै आवश्यक योग्यता, अनुभव तथा कार्यक्षेत्रसम्बन्धी मापदण्ड समेटिएको निर्देशिकासमेत सार्वजनिक गरेको जनाएको छ। जारी मापदण्डअनुसार राजदूत पदका लागि उम्मेदवारको न्यूनतम उमेर ३५ वर्ष पुगेको हुनुपर्नेछ भने कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

Royal Enfield
nic asia capital
उच्च शैक्षिक योग्यता तथा सम्बन्धित क्षेत्रमा हासिल गरेको अनुभवलाई थप योग्यताका रूपमा मूल्यांकन गरिने उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट मन्त्रालयले गर्नेछ। त्यसपछि योग्य ठहरिएका नाम मन्त्रिपरिषदमा सिफारिसका लागि पठाइनेछन्। मन्त्रिपरिषद्ले आवश्यक मूल्यांक्नपछि राजदूतका लागि नाम सिफारिस गर्ने व्यवस्था रहेको छ।

सिफारिस भएका व्यक्तिहरूले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्ति पाउनेछन्। नियुक्तिपछि सम्बन्धित राजदूतले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ।

यो प्रक्रिया मन्त्रिपरिषद्बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ तथा त्यसमा भएका २०७८ र २०७९ सालका संशोधनअनुसार अघि बढाइएको मन्त्रालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?