काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग गरेको छलफल सम्पन्न भएको छ।
आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवसँग सो छलफल गरेका हुन् ।
कार्यक्रममा आयोजनाहरुको नियमित अनुगमन भएको र अनुगमनले लागत बढेमा स्वयं आयोजना प्रमुख नै जिम्मेवार हुने ठहर गरेको हो । सोही छलफलमा उत्तरदक्षिण कोशी करिडोर, खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे विस्तुत विवरण पेश भएको थियो।
कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत रहदा वित्तीय प्रगति पनि ३२ प्रतिशत रहेको कार्यक्रममा जानकारी दिइयो ।
यता उत्तर दक्षिण कालीगण्डकी करिडोर सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत भौतिक प्रगति रहेको कार्यक्रममा जानकारी दिइयो ।
प्रधानमन्त्री प्रचण्डले विगत २ सय ५० वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहजनक रहेकोमा जोड दिएका थिए । प्रधानमन्त्रीले आयोजनाका काममा सबैले उच्च प्राथमिकता दिनुपर्ने बताए ।


































