काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरू तथा भारतीय ग्राहकहरूले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोबार गर्न सक्नेगरि डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाहरू बिच सम्झौता भएको छ ।
यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने छ । एनसिएचएलको माध्यमबाट यस्ता कारोबारहरू हुनेछन् ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा बैंकका उप कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कँडेल र विभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नी राजभण्डारि र मनिष पटेलको उपस्थिति रहेको थियो ।
हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८७ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, QR Code सेवा, एइक (POs (Point of Sale) सेवा, Credit Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने ग्क्क्म् मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।

































