National life

राष्ट्रिय व्यापार संघको अध्यक्षमा खराल चयन,व्यवसायीको हक हितलाई प्राथमिकता राख्ने प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
772Shares
राष्ट्रिय व्यापार संघको अध्यक्षमा खराल चयन,व्यवसायीको हक हितलाई प्राथमिकता राख्ने प्रतिबद्धता
ncell

काठमाडौं। राष्ट्रिय व्यापार संघको शनिवार धुलिखेलमा भएको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनबाट अध्यक्षमा हिमलाल खराल निर्वाचित भएका छन्।

अधिवेशनले खरालको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति समेत निर्विरोध निर्वाचित गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा रामचन्द्र पराजुली, द्वितीय उपाध्यक्षमा पदमबहादुर लामिछाने, तृतीय उपाध्यक्षमा बैकुण्ठ दाहाल, महासचिवमा केदारप्रसाद न्यौपाने, कोषाध्यक्षमा हरिप्रसाद पाण्डेय, सचिवमा सञ्जयकुमार अग्रवाल, सहकोषाध्यक्षमा विनोद तिमल्सिना र सहसचविमा मोहनीलाल न्यौपाने निर्वाचित भएका छन् ।

त्यस्तै संघको कार्यसमिति सदस्यमा श्यामसुन्दर माकाजु, विनोद भण्डारी, महेन्द्र भण्डारी, सुनिल अग्रवाल, प्रवीण अग्रवाल, नारायणप्रसाद न्यौपाने, लेखनाथ गौतम, सन्तोष श्रेष्ठ, राजु कार्की र भीष्म केसी निर्वाचित भएको उपाध्यक्ष बैकुण्ठ दाहालले जानकारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दाहालका अनुसार महाधिवेशनमा उद्योगी व्यवसायीहरूले आर्थिक ऐनलाई समयानुसार परिमार्जन गराउन सरकारलाई दबाब दिनु पर्नेमा जोड दिएको बताए।नवनिर्वाचित अध्यक्ष खरालले संघलाई व्यवसायीहरुको हक हित र अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

उनले संघलाई आगामी दिनमा थप चलायमान र व्यवसायीहरुको पक्षमा काम गर्ने अबल संस्था बनाउने प्रतिवद्धता जनाए । उनले पछिल्लो समय व्यवसायीहरुले भोग्नु परेका समस्या समाधानको लागि पहल गर्ने पनि बताए ।

यो समाचार शेयर गर्नुहोस्
772SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?