National life

यी अवस्थामा रहेका कम्पनीकाे सेयर धितो राखेर कर्जा प्रदान गर्न नपाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
539Shares
यी अवस्थामा रहेका कम्पनीकाे सेयर धितो राखेर कर्जा प्रदान गर्न नपाइने
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि एकिकृत निर्देशन २०८० जारी गरेको हो ।

एकीकृत निर्देशन, २०७९ र सो पश्चात २०८० असोज मसान्त सम्म जारी भएका परिपत्र निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको एकिकृत निर्देशन २०८० जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो २ वर्ष लगातार नोक्सानीमा रहेका संस्था (कम्पनी)हरुको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरिएको छ।

Royal Enfield
nic asia capital
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०७९ मा यस्तो व्यवस्था गरेको हो।

एकीकृत निर्देशनमा पछिल्लो २ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरुको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ।

अब अगामी आर्थिक वर्षदेखि नै प्रतिशत बफर नपुर्याउने बैंकलाई नगद लाभांश बाड्न रोक लगाईने राष्ट्र बैंकले प्रष्ट पारेको छ । नयाँ व्यवस्था अनुसार क वर्गका बैंकहरुले क्यापिटल एडुसी फेमव्रक २०१५ बमोजिम र ख, ग वर्गका बैंकहरुलाई २००७ को निर्देशन बमोजिम काउन्टर साइक्लिकल बफरका कायम गर्ने व्यवस्था गरिएको छ ।

यसले बैंकहरुलाई व्यवसाय विस्तार गर्न थप पूँजीको आवश्यकता पर्छ । आर्थिक बर्ष २०८०/८१ को अन्त्यसम्ममा यस्तो बफर ०.५ प्रतिशत कायम गनुपर्ने भएको छ। राष्ट्रिय स्तरका विकास बैंक बाहेक यो व्यवस्था लागू हुने भएको छ।इजाजतपत्रप्राप्त संस्थाले पुँजीकोष सम्बन्धी निर्देशन पालना नगरेमा शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ बमोजिमको कारवाही हुने व्यवस्था गरिएको छ ।

यसले बैंकहरुलाई व्यवसाय विस्तार गर्न थप पूँजीको आवश्यकता पर्छ । आर्थिक बर्ष २०८०/८१ को अन्त्यसम्ममा यस्तो बफर ०.५ प्रतिशत कायम गनुपर्ने भएको छ।

यी अवस्थामा रहेका संस्थाहरुको सेयरको धितोमा कर्जा प्रदान गर्न नपाइने :


  • राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशनबमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु नेटवर्थ ऋणात्मक भएका संस्थाहरु

  • नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरु

  • आर्थिक वर्ष समाप्त भएको १ वर्ष अवधि पूरा हुँदासमेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु,

  • पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु,

  • व्यावसायिक रुपमा सञ्चालनमा आएको १ वर्ष व्यतित नभएका संस्थाहरु,

  • विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु,

  • कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरु


  •  

    यो समाचार शेयर गर्नुहोस्
    539SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?