National life

लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
497Shares
लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
ncell

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले काठमाण्डौ उपत्यकाभित्रका आफ्ना २ वटा शाखाहरु स्थानान्तरण गरेको छ ।

बैंकले काठमाण्डौ महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकाको वडा न.२, बालकोटमा स्थानान्तरण गरेको हो। यसैगरी, काठमाण्डौ महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा भक्तपुर जिल्लास्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न.८,बोडेमा स्थानान्तरण भएको छ।

Royal Enfield
nic asia capital

स्थानान्तरण गरिएका साविकका महराजगञ्जर पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिनसक्ने बैंकले जनाएको छ । स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।

हाल लक्ष्मी लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?