National life

लक्ष्मी सन्राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ वैशाख २०८१, बुधबार
622Shares
लक्ष्मी सन्राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण
ncell

काठमाडौं । लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकाको वडा न.१७, खुसिबु स्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा न.१६ स्थित खरिबोट, बनस्थलिमा स्थानान्तरण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा न.२६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ । स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नुहुनेछ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ । हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?