National life

लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधरणसभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
517Shares
लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधरणसभा
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान बोलाएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारण सभा डाकेको हो। इन्स्योरेन्सले २३ औँ र २४ औँ वार्षिक साधारण सभाअसार १८ गते, मंगलबार, होटल भिष्वा, वीरगञ्ज, पर्सामा बोलाएको छ। उक्त सभा बिहान ९ बजे शुरु हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक, सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट ३ जना तथा १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार असार ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?