National life

वित्तीय संस्थामा ८७ करोड लगानी गर्दै राष्ट्र बैंक, कस्तो बैंकले प्रस्ताव पेश गर्न पाउँछन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
623Shares
वित्तीय संस्थामा ८७ करोड लगानी गर्दै राष्ट्र बैंक, कस्तो बैंकले प्रस्ताव पेश गर्न पाउँछन् ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निक्षेपका रूपमा ८७ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको हो।

त्यसका लागि राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६९ करोड ६० लाख, राष्ट्रिय स्तरका विकास बैंकहरुमा १३ करोड ५ लाख तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाहरूमा ४ करोड ३५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने तयारी थालेको जानकारी दिएको छ ।

आगामी कात्तिक ४ गते देखि लागू हुने गरी २०८२ वैशाख ६ गतेसम्म १८१ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित असोज २० गते दिउँसो ३ बजेसम्म प्रस्ताव पेश गर्न सकिने बैंकले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

न्यूनतम पुँजी कोष कायम गरेका, निष्क्रिय कर्जा सीमाभित्र रहेका लगायतका मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरूले रकम जम्मा गर्नका लागि प्रस्ताव गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको बैंक वित्तीय संस्थाहरूले आवेदन गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?