National life

विदेशमा सीप सिकेर स्वदेशमै श्रम गरिरहेको मगर, मह बेचेरै कमाउँछन् वार्षिक १२ लाख रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
589Shares
विदेशमा सीप सिकेर स्वदेशमै श्रम गरिरहेको मगर, मह बेचेरै कमाउँछन् वार्षिक १२ लाख रुपैयाँ
ncell

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेर नै जीविका चलाउन थालेको २४ वर्ष भइसक्यो । उनले एक याममा मात्रै १२ लाखको मह बेच्ने गरेका छन् ।

मगरको मौरी फार्ममा मौरी सहितका ८६ घार रहेका छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन गर्दै आएका छन् । फार्ममा युरोपिय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार रहेको उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुई–तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उनले त्यहाँ मौरीपालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यावसाय थालेको बताए । उनले २०५७ सालमा मौरीपालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रुपमा मौरी पाल्ने किसान थिए । व्यावसायिक रूपमा मौरीपालन थालेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको अनुभव छ ।

साथै उनले मौरीपालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउने गरेका छन्। ती सामान रोल्पा, सल्ल्यान, प्यूठानलगायत जिल्लाका मौरीपालक किसानले खरिद गर्दै आएका उनको भनाई छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?