National life

वैदेशिक रोजगारीबाट रेमिट्यान्समा उछाल: पहिलो त्रैमासमा ५.५ खर्ब पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.1kShares
वैदेशिक रोजगारीबाट रेमिट्यान्समा उछाल: पहिलो त्रैमासमा ५.५ खर्ब पुग्यो
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरण अनुसार, चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३५.४% ले वृद्धि भएको छ। साउनदेखि असोजसम्मको अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ११.९% ले वृद्धि भएको थियो।

Royal Enfield
nic asia capital

असोज महिनाको रेमिट्यान्स

२०८२ असोज महिनामा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो। मासिक हिसाबमा असोज महिनाको रेमिट्यान्स हालसम्मकै उच्च स्तरमा पुगेको देखिन्छ।

श्रम स्वीकृति र वैदेशिक रोजगारी

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १,२३,४५९ रहेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या ७७,२५७ रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः १,१०,६५४ र ५९,९३९ नेपालीले श्रम स्वीकृति लिएका थिए।

रेमिट्यान्स वृद्धि कारण

असोज महिनामा रेमिट्यान्स आप्रवाह उच्च हुनुको प्रमुख कारण महत्त्वपूर्ण नेपाली पर्वहरू—दशैं र तिहार हुन्। असोज महिनामा दशैं, र त्यसपछिका हप्ता कात्तिकको पहिलो साता तिहार मनाइन्छ। विदेशमा रहेकाले नेपाली कामदारहरूले आफ्ना परिवारलाई पर्व मनाउनका लागि अन्य महिनाभन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?