काठमाडौँ । यस साताको अन्तिम कारोबार अर्थात् शुक्रवारका दिन घरेलु बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज सोही कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।
चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ७० रुपैयाँ पुगेको छ ।





































