National life

शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
506Shares
शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता
ncell

काठमाडौँ । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा।लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि का तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक लि.का तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमती प्रदेश दिपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

Royal Enfield
nic asia capital

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे,USG , ECG, ECHO मा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्न बैंकले जनाएको छ ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेस गर्नुपर्ने छ । “Results where matters” का मूल नाराका साथ वि.स.२०८०।०२।०३ गतेका दिन औपचारिक रुपमा काठमाडौंको मुटु पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि.को स्थापना गरिएको थियो । यस संस्थाले आफ्नो सेवाग्राहीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि.,ईसिजि र फार्मेसी आदि सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?