National life

शेयर बजारको गिरावट कायम, कारोबार खुम्चिदा पर्ख र हेरको अवस्थामा लगानीकर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
576Shares
शेयर बजारको गिरावट कायम, कारोबार खुम्चिदा पर्ख र हेरको अवस्थामा लगानीकर्ता
ncell

काठमाडौँ । लगातार ५ दिन तिहारको बिदा पश्चात् आज खुलेको शेयर बजारमा झिनो अंकले घटेको छ। शेयर बजार बढ्ने अपेक्षा बोकेर बसेको लगानीकर्तालाई बजारले निराश बनाएको छ ।

यस दिन नेप्से सूचक ०.२१ विन्दुले घटेर २६७७.४० अंकमा अडिएको छ। बजारमा गिरावट आउँदा ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ७ समूहका सूचक सकारात्मक बनेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्ला केही समययता बजार समग्रमा सुस्त नै देखिएको छ । बजार २६ सयको लाइनमा घुमिरहेको छ । समग्रमा हेर्दा यो तहमा आएर नेप्से साइडवेज बसेको देखिन्छ । २६ सयभन्दा तल पनि आउन सकेको छैन ।

बजारले माथि तिरकै रेखाहरू कोर्न खोजे पनि पछिल्ला केही समययता भने नेप्सेको गति निकै सुस्त देखिएको छ । कारोबार रकम पनि औसतमा न्यून छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले बजारलाई माथि तिरै लैजान खोजिरहेको देखिन्छ । यसकै लागि बजारले अहिले तयारी गरिरहेको कतिपयको बुझाई छ ।

यसअघि नेप्से बढेर करिब ३ हजारको तहसम्म पुगेको थियो । त्यसबाट करेक्सन हुँदै २४ सयकै लाइनमा झर्‍यो । बजार उक्त विन्दुबाट पुनः माथितिर लागेर अहिले २६ सयको तहमा आएको हो । बैंक, वित्तीय संस्थाहरूले प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। बिमा लगायत समूहका कम्पनीहरूको विवरण भने आउन बाँकी छ ।

nic asia capital

आज ७ उपसूचकमा हरियाली लागेको छ। फाइनान्स समूहको ०.२० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८२ प्रतिशत, हाइड्रोपावर समूहको ०.७७ प्रतिशत र जीवन बीमा समूहको ०.३९ प्रतिशतले शेयर मूल्य बढेको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको घटेको छ ।

लाभांशको सिजन पनि चलेको छ । सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् । लगानीकर्ताले सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरूमा जोखिम बहन क्षमतालाई समेत मध्यनजर गर्दै लगानी गर्न सके लाभ लिन सक्ने सम्भावना कायम रहन्छ

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?