National life

शेयर बजारमा ओरालो यात्राको निरन्तरता: कारोबारमा सुस्तता, लगानीकर्तामा निराशा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
526Shares
शेयर बजारमा ओरालो यात्राको निरन्तरता: कारोबारमा सुस्तता, लगानीकर्तामा निराशा
ncell

काठमाडौँ । यस साताको लागि अन्तिम कारोबारका दिन आज शेयर बजारमा गिरावट आएको छ । तिहारको बिदा सकिएसँगै बढ्ने अपेक्षा राखिएको शेयर बजारमा ओरालो यात्राले निरन्तरता पाएपछि लगानीकर्तामा निराशा छाएको छ ।

विशेष कारण बिना नै बजारमा आएको निरन्तरको गिरावटले शेयर लगानीकर्तामा निराशा थपेको हो ।  कारोबार अवधिभर घटबढको शृङ्खला चलेको बजारमा अन्तिम समयमा आएर गिरावट आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १.८८ अकंले घटेर २६७५.५१ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज चार उपसूचकमा मात्र हरियाली देखिएको छ । यसदिन विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशत र व्यापार समूहको ०.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बजारमा गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

शेयर बजारमा ओरालो यात्राको निरन्तरता: कारोबारमा सुस्तता, लगानीकर्तामा निराशा | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस