काठमाडौँ। नेपाली शेयर बजारमा राजनीतिक अस्थिरताको असर देखा परेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अस्थिर हुने हल्लापछि शेयर बजारमा उतारचढाव आएको छ ।
सबै सूचक सकारात्मक रहेको बेला नीतिको मारमा परेका लगानीकर्ताहरूलाई सरकार परिवर्तनको हल्लाले प्रभावित बनाएको छ । नेपालको राजनीति जुनसुकै बेला परिवर्तन हुन सक्ने विगतका घटनाले लगानीकर्ता त्रसित बनेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५१.३७ अकंले घटेर २६३०.९१ बिन्दुमा कायम भएको छ। आज ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ ।
सोमबार १३ वटै उपसूचक राताम्य भएका छन्। आज बैंकिङ समूहको १.४९ प्रतिशत, विकास बैंक समूहको २.०३ प्रतिशत, फाइनान्स समूहको ४.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३१ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।
सोमबार १५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज कुथेली बुखरी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । जोशी हाइड्रोपावको ८.७० प्रतिशत, कुमारी सबल योजनाको ५ प्रतिशत र नेशनल हाइड्रोपावर कम्पनीको मूल्य ३.९८ प्रतिशतले बढेको छ ।

































