काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमति पत्र ९लाइसेन्स० इ–मेलसहित रद्द गरेको छ।
तोकिएको समयभित्र नवीकरण नगरेपछि प्राधिकरणले ७ वटा सेवा प्रदायक कम्पनीको लाइसेन्स स्वतः रद्द गरेको हो ।
यी सात सेवा प्रदायकले ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमति पत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमति पत्र नवीकरणबापतको दस्तुर बुझाएर अनुमति पत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले,’ लाइसेन्स खारेज भएको प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै जनाएको छ ।
लाइसेन्स रद्द हुने सेवा प्रदायक कम्पनीहरूमा श्री वशिष्ठ केबल नेट प्रालि, श्री इन्फो नेट टेक्नोलोजी प्रालि, श्री सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालि, श्री एशिया नेट कम्युनिकेशन प्रालि, श्री फास्ट स्पिड लिंक नेटवर्क प्रालि, श्री यस नेट नेपाल प्रालि र श्री मिथिला डिजिटल नेपाल प्रालि रहेका छन् ।
प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवा प्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।
































