National life

सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
520Shares
सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न
ncell

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरुलाई ग्राण्ड होटेल पोखरामा कात्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटल को ग्राण्ड कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल लगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट ५०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे(सुन्तली) ले अभिकर्ता मार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै ब्यवसायिक रुपमा अर्थाेपार्जन गर्न सकिने बताए । महिलाहरुले गृहिणीको रुपमा मात्र सिमित नरही ब्यवसायिक रुपमा अभिकर्ता मार्फत र आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह गरेका थिए ।

Royal Enfield
nic asia capital

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गरे । उनलले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरुलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शन पनि दिए । साथै, उनले आफ्ना अभिकर्ताहरुलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरु ल्याउन काम गरिरहेको जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?