काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले ईसेवा र खल्ती एपमार्फत आफ्नो बीमाशुल्क भुक्तानी गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ।
कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मितिपछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।
यो अफर असोज १ देखि आगामी मंसिर २९ गतेसम्म लागू हुनेछ।
कम्पनीले जनाएअनुसार यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवालाई अझ सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने छ ।





































