National life

समस्याग्रस्त सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको ऋण तिर्न ३५ दिने सूचना जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ साउन २०८१, सोमबार
479Shares
समस्याग्रस्त सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको ऋण तिर्न ३५ दिने सूचना जारी
ncell

काठमाडौँ। समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ऋणीहरूलाई ऋण तिर्न आउने बारेमा ३५ दिने सूचना जारी गरिएको छ ।

बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार ३५ दिने सूचना जारी गरिएको हो ।

‘बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले सो संस्थाबाट उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँ व्याज यो सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र आफूले उपभोग गरेको ऋण कर्जाको सावाँ तथा व्याज तपसिलमा उल्लेखित बैंक खातामा जम्मा गरि सोको भौचर यस समितिको कार्यालयमा पेस गरि कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?