National life
cg eloctronics

सरकारद्वारा भूमिसम्बन्धी अध्यादेश नवौँ संशोधन पारित, व्यवसायीलाई हदबन्दीबाट व्यापक राहत

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१३ मंसिर २०८२, शनिबार
1KShares
सरकारद्वारा भूमिसम्बन्धी अध्यादेश नवौँ संशोधन पारित, व्यवसायीलाई हदबन्दीबाट व्यापक राहत
muktinatha bikash bank

काठमाडौँ । व्यवसायीहरूलाई पर्ने जग्गा हदबन्दीसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सरकारले भूमिसम्बन्धी अध्यादेश संशोधन गरेको छ। मन्त्रिपरिषद्ले पारित गरेको भूमि सम्बन्धी अध्यादेश नवौँ संशोधन मार्फत अपार्टमेन्ट तथा हाउजिङ कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री–वितरण गर्न सक्ने सुविधा प्रदान गरिएको हो।

यसअघि लागू हदबन्दी प्रावधानका कारण धेरै हाउजिङ तथा अपार्टमेन्ट परियोजना रोकिएका थिए। व्यवसायीहरूले यो व्यवस्था अव्यवहारिक भएको बताउँदै निरन्तर संशोधनको माग गर्दै आएका थिए। अध्यादेशले विवादित प्रावधानलाई स्पष्ट पुनःव्याख्या गरेको र वास्तविक कारोबार सहायोगी वातावरण पुनःस्थापित गरेको उद्योग क्षेत्रको दाबी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल जग्गा तथा आवास विकास महासङ्घले अध्यादेशलाई अर्थतन्त्र चलायमान बनाउन सहयोगी कदमको रूपमा व्याख्या गरेको छ। महासङ्घका अध्यक्ष विष्णु प्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै लामो समयदेखि व्यवसायीले भोग्दै आएको समस्या समाधानको दिशामा सरकार अगाडि बढेको भन्दै स्वागत गरेका छन्। विज्ञप्तिमा उल्लेख छ, “नेपाल सरकारले भूमिसम्बन्धी अध्यादेश नवौँ संशोधन-२०८२ पारित गरी सम्माननीय राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि सिफारिस गरेको कदमले शिथिल अर्थतन्त्रमा सजीवता ल्याउने आशा लिएको छ।”

everest bank

महासङ्घका अनुसार जग्गा हदबन्दीका कारण करिब २ खर्ब रुपैयाँ बराबरको सम्पत्ति रोक्का अवस्थामा थियो। हदबन्दी नखुलेका कारण न त व्यवसायीले आफ्ना परियोजना बिक्री गर्न पाएका थिए, न त खरिदकर्ताले नामसारी गरी लालपुर्जा लिने प्रक्रिया अघि बढाउन सकेका थिए। यसले ग्राहक, डेभलपर तथा तिनमा लगानी गरेका बैंकहरू समेत समस्यामा परेका थिए।

अध्यक्ष घिमिरेले अध्यादेश प्रमाणीकरण भएपछि बिक्री रोकिएका हाउजिङ तथा अपार्टमेन्ट परियोजनाको कारोबार खुल्ने,बजारमा पूँजी प्रवाह बढ्ने तथा आवास क्षेत्रमा रोकिएको लगानी पुनःसक्रिय हुने विश्वास व्यक्त गरे। ८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गरिसकेको र अब प्रमाणीकरण प्रक्रिया अघि बढिरहेको बताइएको छ। अध्यादेश लागू भएपछि दीर्घकालीन रूपमा आवास तथा जग्गा व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्ने आधार निर्माण हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?