काठमाडौं । बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा अनिवार्य गर्न आग्रह गरेका छन्। क्षेत्रीले मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सरकारी सम्पत्तिको अनिवार्य बीमाको महत्व औँल्याए।
क्षेत्रीले भने, “नेपालमा धेरै पटक अप्रत्याशित घटनाहरू घटेका छन्, जसले सरकारी सम्पत्तिमा ठूलो क्षति पुर्याउँछन्।
उनले बैंक इन्स्योरेन्सको आवश्यकता पनि औँल्याउँदै भने, “यसले सम्पूर्ण क्षेत्रलाई कभर गर्छ। हालैको आन्दोलनले ठुलो क्षति पुर्यायो, र बीमा कम्पनीहरूले यस किसिमको नसोचेको घटना कभर गर्ने योजना अघि सारेका छन्। अहिलेको घटनाको ६५ प्रतिशत क्षतिको बीमा कभर उपलब्ध गराउने व्यवस्था गरिएको छ।”





































