काठमाडौँ । सर्वसाधारणका लागि शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेड कम्पनीले सेयर जारी गर्ने भएको छ । त्यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका हुन् ।
शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित दरका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट, शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट कम्पनी एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो ।
हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुंगल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलविद्युत कम्पनीहरूमा लगानी गरेको छ ।


































