National life

सांग्रिला बैंकले कमायो ६ करोड १ लाख रुपैयाँ खुद नाफा, खुद ब्याज आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
1.1kShares
सांग्रिला बैंकले कमायो ६ करोड १ लाख रुपैयाँ खुद नाफा, खुद ब्याज आम्दानी कति ?
ncell

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले कमाएको यो नाफा गत वर्षको सोही अवधिको भन्दा २९.१६ प्रतिशतले धेरै हो । गत वर्ष सांग्रिलाले ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार भएको हो ।  असोज मसान्तसम्ममा सांग्रिलाको खुद ब्याज आम्दानी २७.६१ प्रतिशत र सञ्चालन नाफा २७.५९ प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको खराब कर्जा बढेर ४.६५ प्रतिशत कायम भएको छ । गत वर्षको सोही समयमा खराब कर्जा ३.२८ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ३२ पैसाले बढेर ७ रुपैयाँ ०२ पैसा कायम भएको छ । सांग्रिलाको प्रतिसेयर नेटवर्थ १४६.९४ रुपैयाँ कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?