National life

सांग्रिलाका सेयरधनीलाई बोनस र नगद दुवै, कति पाउँछन् लाभांश ?

सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०२ भदौ २०८३, मङ्गलबार
1.1kShares
सांग्रिलाका सेयरधनीलाई बोनस र नगद दुवै, कति पाउँछन् लाभांश ?
ncell

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा लाभांश वितरण गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।

४ प्रतिशत बोनस सेयरबापत बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको सेयर वितरण गर्नेछ । त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा छुट्याइएको छ ।

बैंकका अनुसार नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले प्रस्तावित लाभांशसहित बैंकको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र प्रस्तावित लाभांश वितरण हुनेछ ।

यसअघि बैंकले लाभांश वितरणका लागि आवश्यक वित्तीय तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि तोकिएको मितिसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?